Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


चुनावमा टिकट पाउनेलाई हराउने काम गर्न पाइँदैन : देउवा


0
Shares

पोखरा, साउन ३१ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपनिर्वाचनबाटै पार्टीको एकता सुरु हुने बताएका छन् ।

शुक्रबार कांग्रेसको केन्द्रीय नीति अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले गन्डकी प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि पोखरामा आयोजना गरेको कार्यक्रममा देउवाले सबै मिलेर उपनिर्वाचनमा कांग्रेस उम्मेदवारलाई जिताएर एकताको सन्देश दिनुपर्ने बताए ।

‘चुनावमा टिकट एउटाले पाउँछ । टिकट पाउनेलाई हराउने काम गर्न पाइँदैन । चुनावमा सबै एक भएर लाग्नुपर्छ’–उनले भने ।

वर्तमान सरकारले ल्याएका केही विधेयकको संसदमा विरोध गरेकैले फिर्ता गराएपनि सरकारले एकदलीय शासन लाद्न चाहेको आरोप उनले लगाए ।

सरकारले मिडिया र मानवअधिकार आयोगमाथि हस्तक्षेप गर्न खोजेको उनको भनाइ थियो ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीलाई पहिलो बनाउन चुनौती रहेको बताए ।

यस्तै, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टी नयाँ ढंगले अघि बढ्न जरुरी रहेको बताए ।