२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अवैध सम्बन्धको विवादमा दाइ र भाउजुको हत्या


0
Shares

डम्मर बुढामगर (इमेज)

बागलुङ, साउन ३१ । जिल्ला प्रहरी कार्यालय बागलुङले ढोरपाटन नगरपालिका वडा नम्बर–८, बोबाङमा एक दम्पतीको हत्या आरोपीलाई सार्वजनिक गरेको छ ।

शुक्रबार सार्वजनिक गरिनेमा स्थानीय ६१ वर्षीय मसाने कामी छन् ।

उनले यही साउन २५ गते राति आफ्नै घरमा बसेका ६८ वर्षीय भानबहादुर कामी र उनकी ६० वर्षीया श्रीमती बिमा कामीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेका थिए ।

कामी मृतक भानबहादुरका आफ्नै भाइ हुन् ।

कामीविरुद्ध म्याद थप गरी कानुनी कारबाही अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख नवराज भट्टले जानकारी दिए ।

मसानेको छोरा र भानबहादुरको बुहारीबीच अवैध सम्बन्धलाई लिएर उनीहरुबीच भएको भनाभनले उग्ररुप लिँदा मसानेले आवेगमा आएर दाइ–भाउजुको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

अवैध सम्बन्धकाबारेमा उनीहरुबीच बारम्बार झगडा हुने गरेको थियो । उक्त घटनाबारे गाउँलेलाईसमेत थाहा हुँदा विवाद चर्कंदै गएको प्रहरीको भनाइ छ ।

बलात्कार आरोपमा पक्राउ

यस्तै, बागलुङ नगरपालिका–७ की एक १५ वर्षीया बालिकालाई लामो समयदेखि प्रलोभनमा पारेर बलात्कार गरेको आरोपमा पक्राउ परेका सोही ठाउँका ५४ वर्षीय पतिमान सार्की र लागुऔषध प्रयोग तथा कारोबारमा संलग्न रहेको आरोपमा १८ वर्षीय सुुदिन छन्ताललार्ई पनि प्रहरीले सार्वजनिक गरेको छ ।