Logo ३० फाल्गुन २०८२, शनिबार | Sat Mar 14 2026


बजार अनुगमन तीव्र, म्याद गुज्रिएका सामान बरामद गरी नष्ट


0
Shares

बागलुङ, साउन ३१ । बागलुङ बजारका अधिकांश पसलमा म्याद गुज्रिएका जंक फुडहरु विक्री गरिएको फेला परेको छ ।

बागलुङ नगरपालिका वडा नम्बर २ र ३ को शिवधारा चोकका किराना पसलहरुकोे अनुगमनका क्रममा अधिकांश पसलमा म्याद गुज्रिएका जंगफुड र पेय पदार्थ फेला परेको हो ।

बागलुङ नगर अनुगमन समिति, जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यलय उद्योग वाणिज्य संघ, उपभोक्ता मञ्चको संयुक्त टोलीले बागलुङ नगरपालिका २ र ३ को शिवधारा चोकका १४ वटा किराना पसलहरुको अनुगमन गरेको थियो । अनुगमनका क्रममा विक्री कक्षमै म्याद गुज्रेका पेय पदार्थ, सुजी, बेसनको पिठो, चुइङ्गम, कुरकुरे, लेज, विस्कुट, मसलालगायतका म्याद गुज्रेका सामान राखेको पाईएकोले तत्कालै उठाईएको नगर अनुगमन समितिका संयोजक तथा बागलुङ नगरपालिकाका वरिष्ठ योजना तथा प्रशासकीय अधिकृत युक्तप्रसाद सुवेदीले जानकारी दिए ।

बागलुङ बजारमा होलसेल विक्री गर्ने व्यवसायीलेसमेत म्याद गुज्रेका सामान साना व्यवसायीलाई विक्री गर्ने गरेको पाईएको छ । यसभन्दा पहिलेका अनुगमनमा म्याद नाघेका सामान नबेच्न अनुरोध गरेको भए पनि अटेर गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने म्याद गुज्रेका सामान बेच्दै आएको पाइएकाले सामान जफत गरी नष्ट गरिएको छ ।