कारागारबाट फरार रहेका श्रेष्ठ पक्राउ « Image Khabar


कारागारबाट फरार रहेका श्रेष्ठ पक्राउ


Imagekhabar
१२ पुष २०७७, आईतवार ०९:१२

चितवन । चितवनको कारागारबाट फरार रहेका एक कैदी पक्राउ परेका छन् ।

गत मंसिर ११ गते कारागार कार्यालय भतरपुर चितवनबाट भागेका रेशमलाल श्रेष्ठ हिजो पक्राउ परेका हुन् ।

कालिका नगरपालिकाका उनी जबरजस्ती करणी उद्योग कसूरको पुर्पक्षमा साउन २० गते देखि कारागारमा थिए ।

उनलाई तनहुँ देवघाट गाउँपालिका कालिमाटीस्थित एक जंगलमा लुकिरहेको अवस्थामा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्