 
	    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल र माधवकुमार नेपाल समूहको सचिवालय बैठक नेकपाको सांगठनिक कार्यालय कोटेश्वर पेरिसडाँडामा बसिररहेको छ ।
मध्यान्हदेखि शुरु बैठकमा आगामी रणनीति, संगठन, जिम्मेवारी बाँडफाँड र आन्दोलनका आगामी कार्यक्रम बारे छलफल केन्द्रीत रहेको जनाइएको छ । बैठकमा अध्यक्षयद्धय दाहाल र नेपाल, वरिष्ठ नेता झलनाथ खनाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा विघटन गरेसँगै नेकपा दुई समूहमा विभाजित भएको छ । ओली समूह चुनावी रणनीतिमा लागेको छ भने दाहाल नेपाल समुह संसद विघटन संविधान विपरित भन्दै सडक आन्दोलनमा छ ।
यस्तै, दुवै पक्ष आफ्नो समूहलाई वैधानिक मान्यता दिने लडाईंमा केन्द्रीत छन् । दुवै पक्षले आफूहरू वैधानिक दावी गर्दै निर्वाचन आयोगमा निवेदन दर्ता गराइसकेका छन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्