Logo ९ कार्तिक २०८३, सोमबार | Tue Oct 27 2026


नेकपा सचिवालय बैठक आज बस्दै


0
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दै छ । बैठक आज अपराह्न ३ बजे प्रधानमन्त्री निवास बालुबाटारमा बस्दै छ ।

यसअघि प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली सिंगापुरबाट फर्किएपछि मंगलबार र बुधबार बस्ने भनिएको बैठक तयारी नपुगेको भन्दै स्थगित गरिएको थियो ।

स्कुल विभागसहित जनवर्गीय संगठनको नेतृत्व लगायत विषयमा विवाद कायमै भएपछि नेकपा सचिवालय बैठक पटक–पटक स्थगित भइरहेको छ ।

स्कुल विभागमा प्रवक्ता नारायणकाजी श्रेष्ठसहित सचिवालय सदस्य ईश्वर पोखरेल, स्थायी कमिटी सदस्य घनश्याम भुसाल, वेदुराम भुसालसहित आठ जनाको दावी छ ।

पूर्व एमालेले आफ्नो भागमा परेको जनवर्गीय संगठनको नेतृत्व पनि चयन गर्न सकिरहेको छैन ।

नेकपाको अहिलेसम्म प्रदेश कमिटी र जिल्ला कमिटी गठन भइसकेका छन् भने पोलिटब्युरो गठन, केन्द्रीय कमिटीको कार्यविभाजन, जनवर्गीय संगठनको कमिटीलाई पूर्णता, राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिष्ट मञ्च, केन्द्रीय विभाग गठनको काम पूरा हुन सकेको छैन ।

नेकपाको सचिवालय बैठक साउन १३ यता बस्न सकेको छैन ।

 

Skip This