Logo २४ बैशाख २०८३, बिहिबार | Thu May 7 2026


प्रतिनिधि सभा विघटनविरुद्धको मुद्दामा ‘एमिकस क्यूरी’ झिकाउने, के हो एमिकस क्यूरी ?


104
Shares

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन विरुद्धको मुद्दामा एमिकस क्यूरी झिकाउने भएको छ । शुक्रबार बसेको संवैधानिक इजालासले सरकारको नाममा कारण देखाऊ आदेश जारी गर्दै एमिकस क्यूरी झिकाउने निर्णय गरेको हो ।

के हो एमिकस क्यूरी ?
सर्वोच्च अदालको संवैधानिक इजलाससम्बन्धी नियमावलीका अनुसार सर्वोच्चले कुनै पनि कानून व्यवसायी वा विषय विज्ञलाई इजलासमा बोलाउनुलाई एमिकस क्यूरी भनिन्छ । अदालतमा विचाराधीन मुद्दाको प्रकृति र गम्भीरताका आधारमा इजलासले सम्बन्धित विषयको विशेष ज्ञान र अनुभव भएका व्यक्तिहरूलाई बोलाउन सक्ने प्रावधान छ।

संवैधानिक इजलाससम्बन्धी नियमावलीको परिच्छेद ५ मा एमिमकस क्यूरी सम्बन्धी व्यवस्था छ । परिच्छेद ५ को उपनियम १ मा भनिएको छ, ‘आफू समक्ष विचाराधीन रहेको कुनै मुद्दाको प्रकृति र गम्भिरतालाई विचार गरीकुनै विषयमा विशेष ज्ञान र अनुभव रहेको कानूनको प्राध्यापक, कानून व्यवसायी र विषयविज्ञ वा त्यस्तो विषयमा विशेष योगदान पु¥याएको कुनै व्यक्तिलाई इजलासको सहयोगी (एमिकस क्युरी) को रूपमा झिकाई निजको राय लिन सक्नेछ ।’

एमिकस क्यूरीमा झिकाइएको व्यक्तिले इजलासमा उपस्थित भइ सम्बन्धित विषयमा आफ्नो तटस्थ राय प्रस्तुत गर्नुपर्ने नियमावीको उपनियम २ मा उल्लेख छ ।