
काठमाडौं। सर्लाहीमा कृषि योग्य जमिनमा सरकारले जथाभावी सडक बनाएको विरोधमा सर्लाहीका कृषकले आज काठमाडौंको माइतीघरमा धर्नासहित प्रर्दशन गरेका छन् ।
उनीहरुले सर्लाहीको चन्द्रनगर गाउँपालिकामा स्थानीयबासिन्दाको मागलाई बेवास्ता गरी कृषि योग्य जमिनमा सडक बनाएर जथाभावि खाल्डा बनाएको भन्दै विरोध गरेका हुन् ।
उनीहरुले सडक बनाउँदा क्षति भएको कृषि योग्य जमिनको कृषकहरुले क्षतिपुर्ति पाउनु पर्ने माग राखेका छन् ।
किसानहरुलाई सडकको मापदण्डको बारेमा जानकारी नदिई सडक खनेको, जनताको जग्गा अधिग्रहण गरिएको, मुआब्जा नपाउँदा कृषकहरु घरवारविहिन भएको भएको भन्दै क्षतिपूर्तिको माग गरेका छन् ।
उनीहरुले जिल्लास्तरिय छानविन समिति बनाउन पर्ने, खाल्डा पुर्नुपर्नेलगायतका १५ सूत्रिय माग राखेर पनि सरकारलाई ज्ञापनपत्र बुझाएका छन् ।
प्रतिक्रिया दिनुहोस्