नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा खत्री « Image Khabar


नेशनल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा खत्री


Imagekhabar
९ पुष २०७७, बिहीबार २०:४४

काठमाडौं, पुस ९ । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका नायब प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेदारी पाउनु भएको छ ।

कम्पनीको प्रमुख कार्यकारी अधिकृत पदमा कार्यरत भरत बहादुर बस्नेतको पदाबधी गत पुष ५ गते सकिएको थियो ।

त्यस अघि बसेको सञ्चालक समितिको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि खत्रीलाई कार्यबाहक प्रमुख कार्यकारी अधिकृतको जिम्मेदारी तोक्ने निर्णय गरेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्