प्रधानमन्त्री ओलीलाई आफूसँग प्रतिस्पर्धा गर्न कांग्रेस नेता पौडेलको चुनौती « Image Khabar


प्रधानमन्त्री ओलीलाई आफूसँग प्रतिस्पर्धा गर्न कांग्रेस नेता पौडेलको चुनौती


Imagekhabar
९ पुष २०७७, बिहीबार १९:२७

काठमाडौं, पुस ९ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चुनावमा आफूसँग प्रतिस्पर्धा गर्न चुनौती दिनुभएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको जारी बैठकका क्रममा केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै पौडेलले आफू केपी ओलीसँगै चुनाव लड्न तयार भएको बताउनुभयो ।

बुधबार एक टेलिभिजन कार्यक्रममा प्रधानमन्त्रीले पौडेललाई चुनाव जितेर सभापति बनेर देखाउन चुनौती दिनु भएको थियो ।

पत्रकारहरुले पौडेललाई केही समय अघि नेकपाका असन्तुष्ट पक्ष दाहाल–नेपालसँग भएको छलफलका विषयमा समेत जिज्ञासा राखेका थिए ।

राष्ट्रपति पदको अफर आएर दाहाल–नेपाल समूहसँग निकटता बढाउनुभएको हो भन्ने जिज्ञासामा नेता पौडेलले आफूलाई पदको लोभ भन्दा पनि सिद्धान्त महत्वपूर्ण भएको प्रतिकृया दिनुभयो ।

नेकपा विवादकै बीच पौडेलले पुष्पकमल दाहाल र माधव कुमार नेपालासँग भेटघाट गरेसँगै उहाँमाथी नेकपाका नेताहरुसँग पदीय बार्गेनिङ्ग गरेको आरोप लागिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्