Logo २० आश्विन २०८३, मंगलबार | Tue Oct 6 2026


फिफा क्लब विश्वकप कतारमा हुने, खेलतालिका सार्वजनिक


0
Shares

एजेन्सी । कोरोना महामारीका कारण स्थगित भएको फिफा क्लब विश्वकप सन् २०२१ को फेब्रुअरी १ देखि ११ सम्म कतारमा हुने भएको छ । बिहीबार आयोजक फिफाले खेलतालिका सार्वजनिक गरेको हो ।

प्रतियोगिता कतारको अहमद बिन अली, खलिफा ईन्टरनेश्नल र एजुकेशन सिटी स्टेडियम हुने भएको छ । उद्घाटन खेल फेब्रुअरी १ मा अहमद बिन अली रंगशालामा हुँदा समापन खेल फेब्रुअरी ११ मा एजुकेशन सिटी स्टेडियममा हुनेछ । क्लब फुटबलको सर्वोच्च प्रतियोगितामा ६ महादेशका टिमलाई समावेश गरिनेछ ।

प्रतियोगितामा युइएफए च्याम्पियन्स लिग विजेताको रूपमा बायर्न म्युनिख, काफको च्याम्पियन्स लिगको विजेता अल अहली, एएफसी च्याम्पियन्स लिग विजेता उल्सान हुन्डाई, कन्कफा च्याम्पियन्स लिग विजेताको रुपमा यूएएनएल, आयोजक कतार स्टार लिग विजेता अल दुहैल र ओएफसी महादेशबाट आकल्याण्ड सिटीले सहभागीता जनाउनेछन् ।