पछिल्लो २४ घण्टामा ६१३ संक्रमित, ७३९ संक्रमणमुक्त, ५ जनाको मृत्यु « Image Khabar


पछिल्लो २४ घण्टामा ६१३ संक्रमित, ७३९ संक्रमणमुक्त, ५ जनाको मृत्यु


Imagekhabar
९ पुष २०७७, बिहीबार १६:१५

काठमाडौं, पुस ९ । पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६१३ जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ७३९ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ४७ हजार ४०० पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५५१० जनाको पीसीआर परीक्षण भएको छ ।

सक्रिय संक्रमितको संख्या ७३८४ पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८०८ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्