दाहाल–नेपाल समूहमा कसले उछ्ट्यिाउलान् महासचिव ? « Image Khabar


दाहाल–नेपाल समूहमा कसले उछ्ट्यिाउलान् महासचिव ?


Imagekhabar
८ पुष २०७७, बुधबार २१:२८

काठमाडौं, पुस ८ । भनिन्छ, घर पोलेपछि खरानीको के को दुःख ? अहिले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा त्यस्तै भएको छ ।

प्रधानमन्त्री केपी ओलीले प्रतिनिधि सभा विघटन गराएर नयाँ निर्वाचनमा जाने घोषणा गरेपछि नेकपामा एकले अर्कालाई कार्वाही गर्ने र नयाँ नियुक्तिको लहर नै चलेको छ ।

पार्टी मात्र दुई चिरा भएको छैन । भटाभट नयाँ नयाँ व्यक्तिलाई नेताका अनेकन पगरी गुथाइएको छ ।

प्रधानमन्त्री केपी ओलीले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताबाट हटाएर प्रदीप ज्ञवालीलाई आफूपक्षीय नेकपाको नयाँ प्रवक्ताको जिम्मेवारी मात्र तोक्नु भएन सयौं कार्यकर्तालाई केन्द्रीय समितिमा मनोनयन गर्नुभयो ।

त्यसलगत्तै अर्का अध्यक्ष पुष्पकमकल दाहाल–माधव नेपाल पक्षले ओलीलाई अध्यक्षबाट हटाएर माधव नेपाललाई नयाँ अध्यक्ष घोषणा गरेको छ ।

साबिक महासचिव विष्णु पौडेल ओली समूहमा बसेकाले यो समूहलाई नयाँ महासचिव खोज्नुपर्ने भएको छ ।

महासचिव बन्नका लागि यो समूहमा चार नेताबीच तीब्र होड छ । नेताहरु डा. भीमबहादुर रावल, सुरेन्द्र पाण्डे, वर्षमान पुन र जनार्दन शर्मा महासचिव बन्नका लागि दौड रहनुभएको उक्त समुहका नेताहरुले बताएका छन् ।

यसमध्ये नवनियुक्त अध्यक्ष नेपालको चाहना रावलमा छ भने दाहालको पुन या शर्मा मध्ये एकलाई बनाउनुपर्नेमा छ । यस्तै नेता झलनाथ खनालले भने पाण्डेलाई बनाउनुपर्ने मत राख्नुभएको जनाइएको छ ।

यी मध्ये कुन नेताले महासचिवको पगरी पाउने हो त्यो भने बुधबार बस्ने बैठकले तया गर्ने निश्चित जस्तै छ ।

प्रतिक्रिया दिनुहोस्