१० भाद्र २०८२, मंगलबार | Tue Aug 26 2025


इलाम अस्पतालमा पहिलो पटक थाइराइड परीक्षण गर्ने मेसिन


0
Shares

इलाम । इलाम अस्पतालले पहिलो पटक थाइराइड परीक्षण गर्ने मेसिन सञ्चालन गर्ने भएको छ ।

अस्पतालले दश लाखमा थाइराइड परीक्षण गर्ने चाइनिज मेसिन खरिद गरेको र आगामी भदौ एक गतेबाट बिरामीको परीक्षण शुरु गर्ने भएको हो ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा. पवनजंग रायमाझीले उक्त मेसिन सञ्चालनमा आएपछि प्रोस्टेटको क्यान्सर पनि परीक्षण गर्न सकिने जानकारी दिए ।

यसबाट दुर्गम भेगका बिरामीलाई राहत पुग्ने विश्वास अस्पतालले लिएको छ ।

पाँच वर्ष अगाडि स्तरउन्नति भएको अस्पतालमा बहिरंग, इमरजेन्सी साथै एक्स रे , भिडियो एक्सरेलगायतका सेवा सञ्चालनमा रहेका छन् ।

अस्पतालमा १७ जना चिकित्सकको दरवन्दी भएपनि हाल एक जना मात्र दरवन्दी अनुसार कार्यरत रहेका छन् ।