Logo २५ भाद्र २०८३, बिहिबार | Fri Sep 11 2026


नेतृत्व तहमा महिला सहभागिता बढाऔं: पुष्कर आचार्य


13
Shares

काठमाडौ । संयुक्त ट्रेड युनियन समन्वय केन्द्र (जेटियुसिसि) का अध्यक्ष एवं ट्रेड युनियन कांग्रेसकाअध्यक्ष पुष्कर आचार्यले ट्रेड युनियन लगायत हरेक निकायको नेतृत्व तहमा महिला सहभागिता बढाउनु पर्ने बताउनु भएको छ ।

मंगलबार राजधानीमा भएको जेटियुसिसि महिला भेलालाई सम्बोधन गर्नु हुँदै यस्तो विचार राख्नु भएको हो ।

नेपालको श्रम बजारमा महिला श्रमिकहरुको संख्या अत्यधिक भए पनि समस्याहरु समेत उत्तिकै रहेकोले महिलामैत्री नीति कार्यक्रम निर्माण एवं सशक्तीकरणकालागि नेतृत्व तहमा महिला सहभागिता बढाउनु पर्ने बताउनु हुँदै जेटियुसिसिले महिलालाई विशेष जोड दिने विचार राख्नु भयो ।

जिफण्टका अध्यक्ष विनोद श्रेष्ठले महिलालाई नेतृत्व तहमा पुर्‍याउन कै लागि युनियनले वार्षिक ५ प्रतिशत महिला सदस्य वृद्धि गर्ने अभियान थालेको बताउनु भयो ।

ट्रेड युनियन कांग्रेसका महिला उपाध्यक्ष इन्दिरा सापकोटाले अन्य श्रमिक भन्दा महिला श्रमिक अझ बढि समस्यामा रहेकोले महिलाहरु नै एक भई अगाडि बढ्नु पर्ने बताउनु भयो ।

ट्रेड युनियन कांग्रेस, महिला समितिका अध्यक्ष सुधा दाहालले महिला सम्बन्धि थुप्रै ऎन कानुन निर्माण भएको भए पनि कार्यान्वयन पक्ष अत्यन्तै कमजोर रहेकोले कार्यान्वयनमा जोड दिनु पर्ने बताउनु भयो ।

जिफण्ट महिला कमिटीका अध्यक्ष मिना गुरुङले महिला सशक्तीकरण गर्दै नीति निर्माण तहमा महिला सहभागिता बढाउनु पर्ने बताउनु भयो ।

Skip This