इन्डो–नेपाल करातेमा नेपाललाई सफलता « Image Khabar


इन्डो–नेपाल करातेमा नेपाललाई सफलता


Imagekhabar
६ पुष २०७७, सोमबार १६:१३

काठमाडौं । भारतको पञ्जावमा सम्पन्न इन्डो–नेपाल कराते प्रतियोगितामा नेपालको बागलुङ बडिगाड डोजोलाई सफलता मिलेको हो । प्रतियोगितामा सहभागी डोजोका ६ जनाले प्रथम स्थान हासिल गरेका छन् ।

नेपालकै प्रतिनिधित्व गर्दै पहिलो पटक अन्तरर्राष्ट्रिय प्रतियोगितामा डोजोका खेलाडीहरु सहभागी भएका थिए । डिसेम्बर २० देखि भएको खेलमा सहभागी सबै ६ जना खेलाडीले नै प्रथम स्थान हासिल गरेका डोजोका अध्यक्ष राजन पाईजाले जानकारी दिनुभयो ।

‘हामी जित र हारको लागि भन्दा पनि अनुभवका लागि खेलमा सहभागी भएका थियौँ’ उनले भने, ‘भाइबहिनीहरुले राम्रो खेल प्रदर्शन गर्दा राम्रो नतिजा आयो ।’

डोजोका ६ जना खेलाडीहरु खेलमा सहभागी हुन बिहीबार भारतको पञ्जाव तर्फ प्रस्थान गरेका थिए । उनीहरुलाई रुपन्देहीमा बिदाइ तथा शुभकामना दिइएको थियो । खेलमा बडिगाड डोजोका तर्फबाट १३ वर्षीय विज्जल पाईजा, १४ वर्षीय खेलाडी विनोद पाईजा, १६ वर्षीय खेलाडी लक्ष्मण पुन, १७ वर्षीय मिलन थापा, १९ वर्षीय निलम थापा र १७ वर्षीय पवित्रा बलालले सहभागीता जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्