प्रणालीविरुद्धको आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री ओली « Image Khabar


प्रणालीविरुद्धको आन्दोलन आवश्यक छैन : प्रधानमन्त्री ओली


Imagekhabar
६ पुष २०७७, सोमबार १४:०७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रणालीविरुद्धको आन्दोलन आवश्यकता नभएको बताउनुभएको छ । प्रणालीको लागि आन्दोलन गर्नुपर्ने अवस्था नरहेको बताउँदै उनले आफ्ना असन्तुष्टिलाई शान्तिपूर्ण रूपमा राख्न सकिने बताउनुभएको हो ।

त्रिभुवन विश्वविद्यालयको ४६औँ दीक्षान्त समारोहमा भर्चुअल सम्बोधन गर्दै उहाँले स्थापित प्रणालीभित्रै रहेर आवश्यक सुधार र परिवर्तनका मागहरू उठाउन सकिने बताउनुभयो । प्रणालीभित्रै आफ्ना असन्तुष्टि व्यक्त गर्ने र समस्याहरू समाधान गराउने बाटो फरक हुने बताउँदै उहाँले त्यसका लागि संवाद र सहकार्य हुन जरुरी रहेको उल्लेख गर्नुभयो ।

प्रधानमन्त्री ओलीले आफ्ना असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्नुपर्नेमा जोड दिँदै अन्य प्रकारका गतिविधिहरू स्वीकार्य नहुने समेत जिकिर गर्नुभयो । राजसंस्था फिर्ता गराउनुपर्ने आवाज उठिरहेका बेला उहाँले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध चलमलाउन नखोज्न समेत आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्