Logo १९ आश्विन २०८३, सोमबार | Mon Oct 5 2026


सुदूरपश्चिममा छाउगोठ भत्काउने अभियान पुनः सुरु


0
Shares

काठमाडौं । सुदूरपश्चिम प्रदेशको छाउपडी प्रथा अन्त गर्नका लागि छाउगोठ भत्काउने अभियान पुनः सुरु गरिएको छ ।

कोरोनाका कारण छाउगोठ भत्काउने अभियान केही महिना रोकिए पनि प्रदेशका विभिन्न जिल्लामा अहिले फेरि छाउगोठ भत्काउने अभियान सुरु गरिएको हो ।

गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारीहरुलाई छाउपडी कुरीति नियन्त्रण गर्न निर्देशन पत्र पठाएपछि छाउगोठ हटाउने अभियान चालिएको थियो ।

तर कोरोना कहर सुरु भएपछि सुदूरपश्चिमका नौवटै जिल्लामा उक्त अभियान बन्द भएको थियो ।

छाउपडी प्रथा मानेकै कारण दर्जनौँ महिलाले अकालैमै ज्यान गुमाएको तथा कयौँ किशोरी बलात्कृत भएको जान्दा जान्दै पनि छाउगोठ राखेको पाइएकाले पुनः भत्काउने अभियान शुरु गरिएको डोटीका प्रमुख जिल्ला अधिकारी गोकर्णप्रसाद उपाध्यायले जानकारी गराउनुभएको छ ।

शुदुरपश्चिमका कतिपय ठाउँहरुमा महिनावारी अर्थात् छाउ भएकी महिलालाई पाँचदेखि सात दिनसम्म छुन नहुने तथा घ्यू, दूध, दही दिन नहुने तथा दिएमा देउता रिसाएर घरमा अनिष्ट हुने अन्ध विश्वास रहदै आएको छ ।