सुन्तला बेच्ने बेलामा कुहिएपछि किसान चिन्तित « Image Khabar


सुन्तला बेच्ने बेलामा कुहिएपछि किसान चिन्तित


Imagekhabar
६ पुष २०७७, सोमबार ०९:३८

काठमाडौं । सुन्तला पाकेर बेच्ने बेलामा किरा परेपछि पर्वतको जलजला गाउँपालिका बाँसखर्कका किसानहरु चिन्तित भएका छन् ।

माघको पहिलो हप्तादेखि बिक्रीका लागि तयारी गरीएको सुन्तला बोटमै कुहिन थालेको हो । सबै भन्दा ढिलो सुन्तला पाक्ने भनेर चिनिएको बाँसखर्कमा सुन्तला पहेलो नहुँदै झर्न थालेको हो ।

लगानी मात्र नभएर वर्षभरी कमाई खाने बाटोनै बन्द हुने अवस्थामा आएको किसानले गुनासो गरेका छन् । बाँसखर्कमा मात्र वर्षेनी साढे ३ करोडको सुन्तला उत्पादन हुँदै आएको छ ।

सुन्तलाको व्यवस्थित बजारीकरण गर्न किसानकै अग्रसरतामा सुन्तला उत्पादन तथा बिक्री गर्न बिनामारे सुन्तला उत्पादन सहकारी संस्था स्थापना गरीएको छ ।

सहकारीले किसानकै घरबाट सुन्तला टिपेर चितवनदेखि काठमाडौंसम्मका बजारमा पुर्‍याउँदै आएको थियो ।

प्रतिक्रिया दिनुहोस्