सबै नेपालीलाई निःशुल्क कोरोना खोप उपलब्ध गराइने « Image Khabar


सबै नेपालीलाई निःशुल्क कोरोना खोप उपलब्ध गराइने


Imagekhabar
३ पुष २०७७, शुक्रबार १९:३२

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोरोना खोप सबै नेपालीलाई निःशुल्क उपलब्ध गराउने बताउनुभएको छ । अर्थ मन्त्रालयमा शुक्रबार आर्थिक पत्रकार संघका प्रतिनिधिसँगको भेटमा उहाँले कोरोनाका उपचार जस्तै खोप पनि सबैलाई निःशुल्क उपलब्ध गराइने बताउनुभयो ।

मन्त्री पौडेलले कोरोनाको खोप किन्न सरकारसँग आर्थिक स्रोतको कुनै कमी नरहेको पनि दाबी गर्नुभएको छ । खोप किन्न सरकार सक्षम रहेको बताउँदै उहाँले खोप खरिद गर्न सरकारसँग आर्थिक आभाव भएको भन्दै मिडियामा आएका समाचार गलत भएको टिप्पणी गर्नुुभयो । कोभिड–१९ विरुद्धको खोप पहिलो चरणमा फ्रन्टलाइनमा खटिएका र वृद्धवृद्धालाई र त्यसपछि बाँकीलाई लगाइने उहाँले स्पस्ट पार्नुभयो ।

उहाँले विश्व बजारमा भ्याक्सिन आउनासाथ किन्ने गरी सरकारले उत्पादक देश र कम्पनीहरुसँग सम्बाद गरिरहेको समेत जानकारी दिनुभयो । उपलब्ध भ्याक्सिनहरुमा कम लागत र गुणस्तरीयतालाई सरकारले मापदण्ड बनाएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्