काठमाडौं, साउन २६ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले स्थानीय तह र प्रदेशलाई असर नपर्ने गरी कानुन निर्माण भएको बताएका छन् ।
राष्ट्रियसभाको आज बसेको बैठकमा ‘तहगत राज्य संरचनाको विकासमा समन्वय विषयक प्रादेशिक अन्तरक्रिया कार्यक्रमको प्रतिवेदन’ माथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री पण्डितले प्रदेश र स्थानीय तहलाई असर नपर्ने गरी कानुन निर्माण भएको बताए ।
मन्त्री पण्डितले प्रदेश लोकसेवा आयोग गठनको प्रक्रिया र स्थानीय तहका कर्मचारीको परीक्षा भईरहेको जानकारीसमेत दिए ।
बैठकमा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति दिलकुमारी रावलले प्रतिवेदन पेश गरेकी थिइन् । प्रतिवेदनमाथि सांसद ठगेन्द्रप्रकाश पुरी, कोमल ओली, वृषेशचन्द्र लाल, रामनारायण बिंडारी, डा.विमला राई, जीतेन्द्रनारायण देव, खेमलाल भट्टराई, पर्शुराममेघी गुरुङ र प्रमिला कुमारीले सुझाव दिएका थिए ।









प्रतिक्रिया दिनुहोस्