
काठमाडौं, पुस २ । पछिल्लो २४ घण्टामा नेपालमा ७७६ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ७७६ जना कोरोना संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १७४९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
नेपालमा सक्रिय संक्रमितको संख्या ९ हजार ५८० रहेको छ ।
पछिल्लो २४ घण्टामा ६५८८ जनाको पिसिआर परीक्षण भएको छ ।
पछिल्लो २४ घण्टामा ९४७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।
योसँगै संक्रमणमुक्त हुनेको संख्या २ लाख ४० हजार ३६३ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस्