अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा « Image Khabar


अमेरिकी विदेशमन्त्री पोम्पेओ क्वारेन्टाइनमा


Imagekhabar
२ पुष २०७७, बिहीबार १३:००

काठमाडौं । अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ क्वारेन्टाइनमा बस्न लाग्नुभएको अमेरिकी विदेश मन्त्रालयले जनाएको छ ।

कोभिड १९ का संक्रमितसँग सम्पर्क भएपछि उहाँलाई पनि कोभिडको संक्रमण हुनसक्ने आशंकामा उहाँ क्वारेन्टाइनमा बस्नु लाग्नुभएको बताइएको छ ।

उहाँ कोभिड १९ संक्रमितको सम्पर्कमा आएकोले क्वारेन्टाइनमा बस्नुहुने भएको बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको छ ।

बुधबार विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा भनिएको छ– विदेशमन्त्री पोम्पेओ कोही कोभिड १९ संक्रमितको सम्पर्कमा आएको थाहा भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुहुनेछ र ती संक्रमित व्यक्तिको पहिचान उनको गोपनीयताको अधिकारका कारण भनिएको छैन ।

उहाँको तत्काल गरिएको परीक्षणमा उहाँको रिपोर्ट नेगेटिभ आएको छ तर पनि सिडीसीको मापदण्डअनुसार कुनै संक्रमित व्यक्तिको सम्पर्कमा आएपछि क्वारेन्टाइनमा बस्नुपर्ने भएकोले उहाँ क्वारेन्टाइनमा बस्नुुपर्ने भएको पनि सो विज्ञप्तिमा जनाइएको छ ।

उहाँ चिकित्सकको प्रत्यक्ष निगरानीमा रहनुभएको पनि सो विज्ञप्तिमा जनाइएको छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्