 
	    काठमाडौं । तीन वर्षदेखि उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको रौतहटको श्रीराम सुगर मिलका सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।
श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, विशाल अग्रवाल र पदमकान्त झाविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।
रौतहट प्रहरीको परिपत्र अनुसार उनीहरुको काठमाडौंमा खोजी भइरहेको प्रहरीले बताएको छ ।
आन्दोलनमा उत्रिएका उखु किसानसँग गतवर्ष सरकारले गरेको सम्झौता अनुसार भुक्तानी नपाएको भन्दै अहिले पनि किसान आन्दोलनमा छन् ।
श्रीराम सुगर मिलले किसानको करोडौं रुपैयाँ भुक्तानी गर्न बाँकी रहेको छ ।
गृह मन्त्रालयले किसानको पैसा नदिने सुगर मिल सञ्चालकविरुद्ध कारबाही अगाडि बढाउन सम्बन्धित जिल्ला प्रशासनले निर्देशन दिएपछि प्रहरी सक्रिय भएको हो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्