Logo २५ आश्विन २०८३, आइतबार | Mon Oct 12 2026


धुलिखेलबाट पाँच जुवाडे पक्राउ


0
Shares

काभ्रेपलाञ्चोक । प्रहरीले धुलिखेल नगरपालिका–६ स्थित अस्पतालचोकबाट जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिएको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा अस्पतालचोकस्थित रीना केसीको होटलमा शनिबार साँझ जुवातास खेलिरहेका पाँच जनालाई नियन्त्रणमा लिनुका साथै जुवा खालबाट रु ९३ हजार ४३०, १० थान तासबुक बरामद गरेको जिल्ला प्रहरी कार्यालय धुलिखेलका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए ।

उनका अनुसार पक्राउ पर्नेमा धुलिखेल नपा–६ का ४१ वर्षीय राम पराजुली, ३४ वर्षीय प्रशान्त श्रेष्ठ र ३० वर्षीय अशोक श्रेष्ठ, धुलिखेल नपा–९ का ३५ वर्षीय दीपक तामाङ र भक्तपुरको भक्तपुर नपा–६ का ४० वर्षीय गणेश कारञ्जित रहेका छन् ।

पक्राउ परेकालाई हिरासतमा राखी थप अनुसन्धान भइरहेको तथा उनीहरुविरुद्ध आज जुवा ऐनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । जुवा ऐनअन्तर्गत एक वर्ष कैद वा जरिवाना गरिने उल्लेख छ । रासस