१४ जेष्ठ २०८१, सोमबार | Tue May 28 2024


प्रदेश सरकारद्वारा पहाडी ७ जिल्लाका लागि अत्याधुनिक एम्बुलेन्स खरिद


0
Shares

बिराज रोस्यारा (इमेज)

कैलाली, साउन २४ । सुदूरपश्चिम प्रदेश सरकारले पहाडी ७ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि अत्याधुनिक एम्बुलेन्स खरिद गरेको छ ।

प्रदेशको सामाजिक मन्त्रालयले सवा ६ करोड रुपैयाँ मूल्य पर्ने १६ ओटा अत्याधुनिक एम्बुलेन्स खरिद गरेको हो ।

पहाडका ७ जिल्लाका १६ निर्वाचन क्षेत्रका लागि एम्बुलेन्स खरिद गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

बजेटमा एम्बुलेन्स खरिदका लागि मन्त्रालयले ६ करोड २५ लाख रुपैयाँ विनियोजन गरेको थियो ।

संघीय सरकारको अर्थ मन्त्रालयले भन्सार छुटका लागि इजाजत दिएपछि सामाजिक विकास मन्त्रालयले ३९ लाखका दरले ‘बी ग्रेड’का एम्बुलेन्स खरिद गरेको हो ।

सुदूरपश्चिम प्रदेशका ७ ओटा पहाडी जिल्ला डडेल्धुरा, बैतडी, दार्चुला, बझाङ, अछाम, बाजुरा र डोटीमा प्रदेशसभाका १६ निर्वाचन क्षेत्र छन् ।

हरेक निर्वाचन क्षेत्रको एउटा स्थानीय तहलाई मर्मत र चालकको व्यवस्था गर्नेगरी एम्बुलेन्स हस्तान्तरण हुने मन्त्रालयका सहसचिव तथा प्रवक्ता झंकरबहादुर विष्टले जानकारी दिए ।

सुदूरपश्चिममा बी ग्रेडका अहिलेसम्म एउटा पनि एम्बुलेन्स नभएको बताउँदै सहसचिव विष्टले आउँदो दसैंअगाडि सम्बन्धित संस्थालाई एम्बुलेन्स हस्तान्तरण गरिने बताए ।