Logo १८ चैत्र २०८२, बुधबार | Wed Apr 1 2026


नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय सीमा नाकामा पक्राउ


0
Shares

कञ्चनपुर । बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले हिजो पक्राउ गरेको छ ।

भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमा पक्राउ गरेको हो ।

बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी उपरीक्षक ऐरले बताउनुभयो ।

भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।