‘अपराधका घटनामा कसैसँग सम्झौता हुदैन’ « Image Khabar


‘अपराधका घटनामा कसैसँग सम्झौता हुदैन’


Imagekhabar
२८ मंसिर २०७७, आईतवार १७:३४

रौतहट, मंसिर २८ । गृहसचिव महेश्वर न्यौपानेले प्रदेश २ मा रहेको सुरक्षा चुनौति, तस्करी, लागु औषध र अपराधका घटनामा कसैसँग सम्झौता नहुने बताउनु भएको छ ।

जिल्ला प्रशासन कार्यालय रौतहटको भवन उद्घाटन कार्यक्रममा गृहसचिव न्यौपानेले प्रहरी कर्मचारीहरु कर्तव्यबाट विमुख भए कारबाही गर्ने चेतवनी दिनुभयो ।

इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा तीन महिनाअघि यातनाबाट मृत्यु भएका बिजय रामको सन्दर्भलाई समेत जोडेर कर्तब्य पालनबाट च्युत भएका प्रहरी अधिकारीलाई कारबाही गरिएको उहाँले बताउनुभयो ।

गृहसचिव न्यौपानेले समयै विकास निर्माणको कार्य सम्पन्न गर्न प्रशासक र सुरक्षाकमीहरुले सहयोगी भूमिका निर्बाह गर्नु पर्नेमा जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्