५१८१ जनाको पिसिआर परीक्षण गर्दा ८३० जनामा संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु « Image Khabar


५१८१ जनाको पिसिआर परीक्षण गर्दा ८३० जनामा संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु


Imagekhabar
२८ मंसिर २०७७, आईतवार १६:४१

काठमाडौं, मंसिर २८ । नेपालमा पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८३० जना कोरोना संक्रमित थपिएका छन् ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ ।

पछिल्लो २४ घण्टामा थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६९८ पुगेको छ ।

पछिल्लो २४ घण्टामा ५१८१ जनाको पिसिआर परीक्षण भएको छ ।

नेपालमा हालसम्म १८ लाख ३१ हजार ४१ जनाको पिसिआर परीक्षण भएको छ ।

नेपालमा हालसम्म कुल संक्रमितमध्ये १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।

पछिल्लो २४ घण्टामा १५०० जना कोरोना संक्रमणमुक्त भएका छन् ।

योसँगै कुल संक्रमणमुक्त हुनेको संख्या २ लाख ३५ हजार ७३१ पुगेको छ ।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ३४८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

काठमाडौंमा २५८, ललितपुरमा ६५ र भक्तपुरमा २५ जनामा संक्रमण भएको छ ।

प्रतिक्रिया दिनुहोस्