दाहालद्वारा नारायणकाजी श्रेष्ठको बचाउः हाइड्रो प्रकरणमा अनावश्यक प्रचार गरिएको जिकीर « Image Khabar


दाहालद्वारा नारायणकाजी श्रेष्ठको बचाउः हाइड्रो प्रकरणमा अनावश्यक प्रचार गरिएको जिकीर


Imagekhabar
२८ मंसिर २०७७, आईतवार १४:४०

prachanda dismiss narayankaji alligation

काठमाडौं, मंसिर २८ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले पार्टी प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठको बचाउ गर्नुभएको छ ।

कमानसिंह लामा र हाइड्रो पावर सम्बन्धी विवादमा प्रवक्ता श्रेष्ठलाई अनावश्यक रुपमा मुछेको भन्दै उहाँले भ्रमपूर्ण प्रचारमा विश्वास नगर्न आग्रह गर्नुभएको हो ।

आइतबार बसेको नेकपा स्थायी कमिटीको बैठकमा अध्यक्ष दाहालले लामा र हाइड्रोपावरको विवादमा प्रवक्ता श्रेष्ठले मिलाउने भूमिका मात्र खेलेको जिकीर गर्नुभएको थियो ।

बैठकपछि प्रवक्ता श्रेष्ठले दाहालको भनाइ उधृत गर्दै भन्नुभयो, ‘अध्यक्ष प्रचण्डले लामाको निधनबाट शोकाकुल र दुःखित रहेको घडीमा लामा र हाइड्रो पावरसम्बन्धी सामान्य विवादमा पार्टीका प्रवक्तालाई अनावश्यक रुपमा मुछेर भएका प्रचारको भ्रम नपर्न अनुरोध गर्नुभएको छ ।’

दुई अध्यक्षबीचको पदीय द्वन्द्वमा फसेको नेकपाको स्थायी कमिटी बैठक एक सातापछि बसेको भए पनि जारी विवादमा प्रवेश नै नगरी आइतबारको बैठक स्थगित गरिएको थियो ।

अर्को बैंठक आगामी पुष १ गतेका लागि तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्