इथियोपियामा विद्रोही टिग्रेले शरणार्थी शिविरहरुमा आक्रमण, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त « Image Khabar


इथियोपियामा विद्रोही टिग्रेले शरणार्थी शिविरहरुमा आक्रमण, राष्ट्रसंघद्वारा चिन्ता व्यक्त



२७ मंसिर २०७७, शनिबार ०७:५५

काठमाडौं, मंसिर २७ । संयुक्त राष्ट्रसंघको शरणार्थी एजेन्सी (यूएनएचसीआर) ले इथियोपियाको उत्तरी शहर टिग्रेमा विद्रोहीको आक्रमणबाट ठूलो संख्यामा शरणार्थीहरु मारिएको दावी गरेको छ ।

विद्रोहीले शरणार्थी शिविरहरुमा जथाभावी आक्रमण र अपहरण गरेर ती शरणार्थीहरुको हत्या गरेको यूएनएचसीआरले दावी गरेको छ ।

एक महिनाभन्दा लामो समयदेखि विद्रोही र सरकारी सेनाबीच जारी द्वन्द्वका क्रममा शरणार्थी शिविरहरुमा चरम मानवअधिकार उल्लंघनका घटना भएको भन्दै यूएनएचसीआरले समस्या समाधानका लागि इथियोपिया सरकारको ध्यानाकर्षण गराएको छ ।

यूएनएचसीआरका प्रमुख फिलिपो ग्राण्डीले टिग्रे क्षेत्रमा रहेका करिब एक लाख शरणार्थीहरुको सुरक्षाको चिन्ता बढेको बताउनुभएको छ ।

उहाँले यूएनएचसीआरले शिविरको अवलोकन गर्दा हत्या हिंसा र अपहरणका घटना भएको पाइएको बताउनुभएको छ ।

यूएनएचसीआरले विद्रोहीको आक्रमणमा परेका शारणार्थीहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न पनि सरकारलाई आग्रह गरेको छ ।

सरकार र पूर्व सत्ताधारी दल टिग्रे पिपल्स लिबरेसनबीच गत नोभेम्बरमा सुरु भएको द्वन्द्वका कारण विभिन्न दातृ निकायहरुले ती क्षेत्रमा विभिन्न सहायता पुर्‍याउन नसकेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

नोभेम्बरमा विद्रोहीले कारवाही तीव्र पारेपछि सरकारले तीन दिनभित्र युद्धविरा मगर्न अल्टिमेटम दिएको थियो ।

तर त्यसयता दुवै पक्षबीचको सम्बन्ध बिग्रिएर थप तनावपूर्ण अवस्थाको सिर्जना भएको छ ।

यसअघि विद्रोहीहरुले राष्ट्रसंघका कर्मचारीहरुमाथि पनि आक्रमण गरेको समाचार सार्वजनिक भएको थियो । (एजेन्सी)

प्रतिक्रिया दिनुहोस्