२८ असार २०८२, शनिबार | Sat Jul 12 2025


अन्य कारका फिचर मिसिएको सानो एसयूभी टाटा हर्नबिलप्रति ग्राहकको प्रतीक्षा


0
Shares

काठमाडौं । मोटर्सले आगामी दिनमा धेरै एसयूभी लन्च गर्ने योजना बनाइरहेको छ ।

ती मध्ये सानो र मध्यम साइजका साथै फुल साइज एसयूभी सेगमेन्ट पनि बजारमा उपलब्ध गराउने योजना भएको बताइएको छ ।

यसै सन्दर्भमा टाटाले सानो एसयूभी टाटा एचबीएक्स पनि लन्च गर्ने योजना बनाएको छ ।

यसको सम्भावित नाम टाटा हर्नबिल हुने अनुमान गरिएको छ । यसको धेरैले प्रतीक्षा गरिरहेका छन् ।

टाटा हर्नबिलको फिचरका साथै लुक र स्टाइल टाटाको लोकप्रिय कार टाटा ह्यारियर (नेपालमा भएको एच५) र टाटा नेक्सनसँग मिल्दोजुल्दो हुनेछ ।

यसको फ्रन्ट लुक ह्यारियरसँग मिल्दोजुल्दो हुनेछ । यसमा ड्युअल टोन अलोय ह्विल समेत हुनेछ ।

यसको एलईडी डीआरएल भएको प्रोजेक्टर हेडल्याम्प टाटा ह्यारियर जस्तो हुनेछ । त्यसैगरी फ्रन्ट ग्रिल र एयर ड्याममा भएको सिग्नेचर ट्राई एरो डिजाइन टाटा नेक्सन जस्तो छ । यसको टेलल्याम्प पनि एलईडीयुक्त छ ।

टाटाले हालै नेपाली बजारमा उपलब्ध गराएको अल्ट्रोज कारसँग पनि यसको केही कुरा मिल्दोजुल्दो छ । यसलाई पनि अल्ट्रोज जस्तै अल्फा आर्किटेक्चरमा विकास गरिएको हो ।

यसमा भएको स्मार्टफोन कनेक्टिभिटीका साथ टचस्क्रिन इन्फोटेनमेन्ट सिस्टम, मल्टी फंक्सन स्टेयरिङ ह्विल र इन्स्ट्रयुमेन्ट क्लस्टर जस्ता फिचर टाटा अल्ट्रोज जस्तै छन् ।

यसमा हर्मनको अडियो सिस्टम, किलेस इन्ट्री र क्रुज कन्ट्रोलका साथ क्लाइमेट कन्ट्रोल जस्ता फिचर पनि उपलब्ध छन् ।

टाटा एचबीएक्स अर्थात हर्नबिलमा १.२ लिटरको नेचुरल्ली एस्पिरेटेड पेट्रोल इन्जिन हुन सक्छ, जसले ८६ पीएस पावर र ११३ एनएम टर्क जेनेरेट गर्छ ।

यसमा म्यानुअलका साथै अटोमेटिक ट्रान्समिसन अप्सन हुन सक्ने छ ।

हेर्दा निकै आकर्षक देखिने यो एसयूभीप्रति निकै नै क्रेज बढ्ने अनुमान गरिएको छ । गत फेब्रुअरीमा सम्पन्न अटो एक्सपोमा यसको झलक देखिएको थियो । नेपाल अटो