विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्दै अपराध अनुसन्धान विभागको जिम्मा « Image Khabar


विश्वराज पोखरेललाई एआईजीमा बढुवा गर्दै अपराध अनुसन्धान विभागको जिम्मा


Imagekhabar
२५ मंसिर २०७७, बिहीबार २०:४१

police bishworaj pokhrel

काठमाडौं, मंसिर २५ । सरकारले प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेललाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गर्दै पदस्थापनसमेत गरेको छ ।

एआईजीको दरबन्दी थप्ने निर्णय कार्यान्वयन नगर्न संसदको राज्य व्यवस्था तथा सुशासन समितिले दिएको निर्देशन लत्याउँदै सरकारले पोखरेललाई एआईजीमा बढुवा गरेको हो ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरेललाई बढुवा गरेको हो । पोखरेललाई कार्य एवं अपराध अनुसन्धान विभागमा पदस्थापन पनि गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय, रानीपोखरीमा भने अपराध अनुसन्धान विभागका एआईजी हरिबहादुर पाललाई पठाइएको छ ।

पोखरेललाई एआईजी बनाउन उपप्रधानमन्त्री ईश्वर पोखरेलले गृहमन्त्री रामबहादुर थापा र गृह मन्त्रालयसमेतलाई थाहा नदिई मन्त्रिपरिषदबाट प्रस्ताव पारित गराएको मन्त्री थपाले बताएका थिए ।

यो बढुवासँगै पोखरेल भावी महानिरीक्षकको एकल दाबेदार पनि हुनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्