रुकुमपश्चिम, साउन २२ । नेत्रविक्रम चन्द नेतृत्वको समूहका केन्द्रीय सदस्यसहित तीनजना पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालयले केन्द्रीय सदस्य ४८ वर्षीय श्यामबहादुर बोहरालाई पक्राउ गरेको हो ।
रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–२ का ४८ वर्षीय बोहरालाई मंगलबार राति १० बजे वडा नम्बर–६, मुरुबाट प्रहरीले पक्राउ गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए ।
उनकाअनुसार केन्द्रीय सदस्य बोहरासँगै सो समूहका अन्य दुई कार्यकर्ता पनि पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा विद्यार्थी संगठनका जिल्ला सम्मेलन आयोजक समिति सहसंयोजक त्रिवेणी गाउँपालिका–२ का १९ वर्षीय प्रेमप्रशान्त बोहरा र रुकुमपूर्वका जिल्ला सम्मेलन आयोजक समिति संयोजक आठबीसकोट नगरपालिका–११ का १८ वर्षीय हरि पुन रहेका प्रहरी नायब उपरीक्षक खड्काले बताए ।
मुरुमा सो समूहका नेता तथा कार्यकर्ता जम्मा भएर मंगलबार राति शंकास्पद गतिविधि सन्चालन गरिरहेको अवस्थामा फेलापरेपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरी प्रमुख खड्काले बताए । रासस









प्रतिक्रिया दिनुहोस्