काठमाडौं, साउन २२ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद राजेन्द्रकुमार केसीले खानेपानीमन्त्री र खानेपानी मन्त्रालयका सचिवकै कारण काठमाडौं उपत्यकावासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका छन् ।
प्रतिनिधिसभाको बुधबार बसेको बैठकमा खानेपानीमन्त्री बीना मगरले प्रस्तुत गरेको ‘खानेपानी तथा सरसफाइ विधेयक २०७५’ माथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद केसीले मन्त्री र सचिवकै कारण राजधानीवासीले मेलम्चीको पानी पिउन नपाएको आरोप लगाएका हुन् ।
उनले मेलम्ची खानेपानी आयोजनामा रहेका समस्या तत्काल समाधान गर्न खानेपानीमन्त्रीको ध्यानाकर्षण गराए ।
सत्तारुढ दल नेकपाका सांसद महेश बस्नेतले काठमाडौं सहरलाई धुलो–धुवाँमुक्त बनाउन काठमाडौं भित्रिने गाडीलाई पखालेरमात्र प्रवेश दिइनुपर्ने र ढुंगा, बालुवा बोकेका ट्रकलाई गुड्न रोक लगाउनुपर्ने तर्क गरे ।









प्रतिक्रिया दिनुहोस्