१८ चैत्र २०७९, शनिबार | Sat Apr 1 2023


शेरबहादुर देउवाले भेटे डा. केसीलाई


0
Shares

काठमाडौं, साउन ४ । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनशनरत् डा. गोविन्द केसी कसैले उचालेर अनशन नबसेको जिकिर गरेका छन् ।

शुक्रबार त्रिवि शिक्षण अस्पताल महाराजगन्ज पुगेर डा. केसीलाई भेटेपछि देउवाले डा. केसीको माग तुरुन्त पूरा गर्न सरकारलाई अनुरोध पनि गरे ।

डा. केसी कसैले उचालेर नउचालिने मान्छे भएको पनि देउवाले बताए ।

आफूले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाललाई भेटेरै मागबारे अगवत गराएको पनि उनले बताए ।

डा. केसीको स्वास्थ्यमा खेलबाड नगर्न आग्रह गर्दै उनले माग पूरा गराउने वातावरणका लागि सबैसँग आग्रह पनि गरे ।