१८ जेष्ठ २०८२, आइतबार | Sun Jun 1 2025


विश्वभर २०० युनिट मात्र बनेको सीएफमोटो २५० एनके लिमिटेड एडिसन नेपालमा


0
Shares

काठमाडौं । विश्वभर २ सय युनिट मात्र उत्पादन गरिएको सीएफमोटो २५० एनकेको लिमिटेड एडिसन नेपाली बजारमा समेत उपलब्ध भएको छ । नेपालका लागि सीएफमोटोको आधिकारिक वितरक अन्ना इन्टरनेसनल प्रालिले सो बाइक बिक्रीका लागि उपलब्ध गराएको हो ।

सीएफमोटो मोटरसाइकलको ३० औं वार्षिकोत्सवको अवसरमा सो लिमिटेड एडिसन बाइक सार्वजनिक गरिएको हो । यसलाई नयाँ ग्राफिक्समा डिजाइन गरिएको छ भने इन्धन ट्यांकीमा सीएफमोटो प्रिन्ट गरिएको छ ।

यसको ह्यान्डलबारमा लिमिटेड एडिसनको १ देखि २०० सम्म नम्बर नै लेखिएको हुन्छ । यसमा गोल्डेन कलरको चेन, कार्वन विन्डसिल्ड, एलईडी डीआरएल हेडलाइट र एल्लो कलरको ह्विल प्रयोग गरिएको छ । बाइकमा कलर टीएफटी डिस्प्ले, इन–बिल्ट लाइट सेन्सर, स्टाइलिस एलईडी लाइट, ड्युअल च्यानल एबीएस र विभिन्न प्रकारका राइडिङ मोड उपलब्ध छन् ।

सीएफ मोटो २५० एनके जस्तै अन्य सबै फिचर यसमा उपलब्ध छन् । मेकानिकल परिवर्तन केही गरिएको छैन ।

सीएफ मोटो २५० एनकेमा २५० सीसी सिंगल सिलिन्डर, ४ भल्व लिक्विडकुल्ड इन्जिन जडान गरिएको छ । जसले ९००० आरपीएममा २६.५ बीएचपी र ७५०० आरपीएममा २२ एनएमको पिक टर्क जेनेरेट गर्छ ।

लिमिटेड एडिसन सीएफ मोटो २५० एनकेको मूल्य ५ लाख ५५ हजार ५ सय रुपैयाँ तोकिएको छ ।नेपाल अटो