Logo ३१ भाद्र २०८२, मंगलबार | Tue Sep 16 2025


भारतीय सुरक्षाकर्मीद्वारा कल्भर्ट निर्माणमा रोक


0
Shares

काठमाडौं । पश्चिम नवलपरासीको प्रतापपुर गाउँपालिका ६ कठहवामा कल्भर्ट निर्माणमा भारतीय सुरक्षाकर्मीले अवरोध गरेका छन् ।

भारत उतर प्रदेशको महाराजगन्ज जिल्लाको झुलनीपुरमा रहेका भारतीय अर्धसैनिक एसएसबी कार्यालयले कल्भर्ट निर्मााण रोकेको हो ।

हुलाकी सडक विस्तारका क्रममा दशगजा नजिक निर्माण भइरहेको भन्दै उनीहरुले सोमबारबाट काममा रोक लगाएका हुन् ।

ठेकेदार कम्पनी कन्टेक प्रालिका प्रतिनिधि दीपक थापाले यसअघि सडक विस्तारका क्रममा भारतीय पक्षसँग सहकार्य गरेर अगाडि बढाएको भए पनि अहिले अवरोध गरिएको बताए ।

भारतीय पक्षले काममा अवरोध गरेपछि प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकसहित जिल्लाका सुरक्षा प्रमुखको टोलीले स्थलगत निरिक्षण गरेको छ ।

‘ नापी विभागका अधिकारीसहितको टोलीले स्थलगत नापनक्सा गरेपछि मात्र यकिन गरेर भन्न सकिन्छ’ प्रजिअ पाठकले भने, ‘दुवै देशका अधिकारीको समन्वयमा काम अगाडि बढ्ने वातावरण मिलाइनेछ ।’

भारतीय सीमावर्ती कठवादेखि उतरतर्फ १० किलोमिटर सडक निर्माण भइरहेको छ । २२ करोडको ठेक्का पाएको ठेकेदार कम्पनी कन्टेक प्रालि काठमाडौंले सातवटा कल्भर्टसहित १० किलोमिटर सडक निर्माणको काम भारतीय सिमानाबाट सुरु गरेको छ ।

भारतीय पक्षले दशगजा क्षेत्रमा निर्माण कार्य गर्न लागेको भन्दै सच्याउन आग्रह गरेको बताएका छन् । कान्तिपुर