११ चैत्र २०७९, शनिबार | Sat Mar 25 2023


मोदीविरुद्ध अविश्वास प्रस्ताव


0
Shares

काठमाडौं, साउन ४ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध पहिलोपटक लोकसभा (संसद)मा दर्ता गरिएको अविश्वासको प्रस्तावमाथि शुक्रबार निर्णय हुँदैछ ।

मोदी सरकारको चार वर्षको कार्यकालमा उनीविरुद्ध पहिलोपटक बिहीबार अविश्वासको प्रस्ताव दर्ता गरिएको थियो ।

भारतीय कांग्रेसको नेतृत्वमा विपक्षीहरुले अविश्वासको प्रस्ताव दर्ता गराएका हुन् ।

लोकसभामा शुक्रबार दिनभर प्रस्तावमाथि छलफल भइ मतदान गरिनेछ । लोकसभामा मोदीआवद्ध भारतीय जनता पार्टी (भाजपा)को एक्लै बहुमत छ ।

सांसद किनबेच भएमामात्र प्रस्ताव पारित हुनसक्छ । अन्यथा मोदीविरुद्ध प्रस्ताव पारित हुन गाह्रो पर्नेछ । यद्यपि, भारतीय राजनीतिमा सांसद खरिद–बिक्रीलाई सामान्य मानिन्छ ।

लोकसभाकी अध्यक्ष सुमित्रा महाजनले अविश्वास प्रस्तावमाथि शुक्रबार साँझ ६ बजे मतदान गरिने बताएकी छन् ।

प्रस्तावमाथि बहस सुरु हुनुअघि प्रधानमन्त्री मोदीले ट्वीट गरी संसदीय लोकतन्त्रका लागि महत्वपूर्ण दिन भएको उल्लेख गरेका छन् ।

लोकसभामा अहिले ५३४ सांसद छन् । अविश्वासको प्रस्ताव पारित गर्न २६८ मत चाहिन्छ ।

लोकसभा अध्यक्ष सुमित्रासहित भाजपा एक्लैको २७४ सांसद छन् । उसलाई लोक जनशक्ति पार्टीका ६ र शिरोमणि अकाली दलका ४ सांसदको पनि समर्थन छ । (एजेन्सी)