मेलम्ची खानेपानी बाँधको काम अन्तिम चरणमा « Image Khabar


मेलम्ची खानेपानी बाँधको काम अन्तिम चरणमा


Imagekhabar
२२ मंसिर २०७७, सोमबार २०:१५

काठमाडौं, मंसिर २२ । मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ ।

मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम अन्तिम चरणमा पुगेको जानकारी दिनुभयो ।

गेटहरुको काम यही माघ महिना सम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ ।

प्रवक्ता पन्तले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

यसैबीच मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आउने भएको छ ।

उक्त टोली अवको एक हप्ता भित्र आउने प्रवक्ता पन्तले जानकारी दिनुभयो ।

प्राविधिक टोलीको प्रतिवेदनले अनुमति दिएपछि पानी खसालेर पुनः परीक्षण गरिने आयोजनाले बताएको छ ।

सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता पन्तले बताउनुभयो ।

केहि महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको छ ।

अहिले काम दु्रत गतिमा भइरहेको बताउँदै उहाँले काठमाडौंमा पानी झार्न अव धेरै समय नलाग्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्