Logo ६ चैत्र २०८२, शुक्रबार | Sat Mar 21 2026


सगरमाथाको नयाँ उचाइ मापन, मंगलबार सार्वजनिक गर्ने


0
Shares

काठमाडौं, मंसिर २२ । विश्वको सर्वोच्च शिखर सगमाथाको नयाँ उचाई मंगलबार सार्वजनिक गरिने भएको छ ।

नापी विभागका महानिर्देशक प्रकाश जोशीले मंगलबार नेपाल र चीनका अधिकारीहरुले संयुक्त रुपमा नयाँ उचाई सार्वजनिक गर्ने जानकारी दिनुभयो ।

उहाँले फिल्ड सर्वेक्षणबाट प्राप्त तथ्यांकसमेत नापी विभागकै जनशक्तिबाट आफ्नै प्रयोगशालमा प्रशोधन तथा चीनका समकक्षी प्राविधिक तथा निर्देशक समिति तहमा छलफल भई संयुक्त रुपमा सगरमाथाको उचाई मापनको परिणाम प्राप्त भएको बताउनु भयो ।

चीनका राष्ट्रपति सी चिनफिङको नेपाल भ्रमणका बेलामा नेपाल र चीनले संयुक्त रुपमा उचाइ घोषण गर्ने सहमति भएको थियो ।

विभागले उचाइ घोषणा कार्यक्रममा सगरमाथाको मापनमा योगदान पुर्‍याउने व्यक्तिहरूलाई सम्मान गर्ने जनाएको छ ।