२९ बैशाख २०८२, सोमबार | Tue May 13 2025


मलेखुको माछा बजारमा पर्यटकीय चहल पहल बढ्यो


0
Shares

धादिङ । लामो समयदेखी कोरोना संक्रमणको त्रासका कारण सुनसान बनेको धादिङको मलेखुको माछा बजारमा पर्यटकीय चहल पहल बढ्न थालेको छ ।

राजमार्गमा सवारी साधनहरुको चापसँगै निजी सवारीका साधनहरु दैनिक जसो वृद्धि हुन थालेपछि मलेखु बजारमा आन्तरीक पर्यटकहरुको चहलपहल बढेको हो ।

मलेखु मात्र नभई सुनसान बनेको धादिङको अन्य बजारहरुमा पनि केही दिन यता मानिसहरुको चाप वृद्धि भएको छ ।

झण्डै आठ महिनापछि पृथ्वी राजमार्गमा साविकको जस्तै सवारी सञ्चालनमा आएसगै राजमार्गहरुमा रहेका व्यापार ब्यवसायहरुमा सकारात्मक असर देखा पर्न थालेको छ ।