१९ बैशाख २०८२, शुक्रबार | Sat May 3 2025


किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गरिन्छ : मन्त्री अर्याल


0
Shares

काठमाडौं, मंसिर १९ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चितता सरकारले गर्ने बताउनुभएको छ ।

शुक्रबार काठमाडौंमा केन्द्रीय सहकारी बजारको उद्घाटन गर्दै उहाँले सहकारीको माध्यमबाट किसानले उत्पादन गरेका वस्तुको बजार सुनिश्चित गरिने स्पष्ट पार्नुभयो ।

सरकाले सहकारीको माध्यमबाट २६ ओटा बजार निर्माण गर्ने अभियान चलाएकोले किसानको उत्पादनको बिक्री तिनै बिक्री केन्द्रबाट गर्न पाउने उहाँको भनाइ थियो ।

यसबाट किसानले आफ्नो पसिनाको मूल्य नपाउने स्थितिको अन्त्य हुने मन्त्री अर्यालको भनाइ थियो ।

बजार सरकारको नियन्त्रणमा नहुँदा किसानले लगानी उठाउन गाह्रो भएकोले बिचौलियालाई हटाउँदै किसान, बजार र उपभोक्ताको दूरी कम गर्ने अभियान सुरु भइसकेको उहाँले बताउनुभयो ।

सहकारी बजारलाई आधुनिक र गुणस्तरीय बनाउँदै लैजाने पनि मन्त्री अर्यालले बताउनुभयो ।