Logo १ कार्तिक २०८३, आइतबार | Sun Oct 18 2026


चीनले नेपाली भूमि नमिचेको सरकारको जिकीर


0
Shares

काठमाडौं, मंसिर १९ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीनले नेपाली भूमि नमिचेको जिकीर गर्नुभएको छ ।

संसदीय समितिमा सांसदहरुले चीनकातर्फबाट नेपाली भूमि मिचेका सन्दर्भमा उठाइएको सवालको जवाफ दिँदै उहाँले चीनसँग सीमा विवाद नै नरहेको दाबी गर्नुभयो ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा मन्त्री ज्ञवालीले भन्नुभयो, ‘चीनले नेपाली भूमि मिच्यो भनेर अतिरञ्जित प्रचार भयो ।’

त्यसअघि नेपाली कांग्रेसका सांसद प्रकाशमान सिंहले चीनसँगको सीमा विवाद पनि संवेदनशील भएको बारे मन्त्रीको जवाफ माग्नुभएको थियो ।

चीनसँग सीमा विवाद रहेको विषयलाई नै नकार्दै मन्त्री ज्ञवालीले २०७२ सालमा कृषि मन्त्रालयमा हुँदै नभएको नापी शाखाको हवाला दिएर चीनले सीमा मिच्यो भनेर प्रचार गराइएको जिकीर गर्नुभयो ।

यस्तो प्रचार थार्लिपछि सरकारले टोली नै बनाएर अध्ययन गरेको र चीन बनाएको संरचना सीमाभन्दा एक मिलोमिटर टाढा पाइएको पनि उहाँले उल्लेख गर्नुभयो ।

पछिल्लो पटक पनि चीनलाई विवादमा तान्नकै लागि प्रचार थालिएपछि हुम्लाका प्रमुख जिल्ला अधिकारी, नापी कार्यालयका प्रमुख लगायतको टोलीले स्थलगत अध्ययन गरेर नेपाली भूमि अतिक्रमण नभएको प्रष्ट्याएको उहाँको भनाइ थियो ।

Skip This