नेसन्स लिगमा इटाली र स्पेन तथा बेल्जीयम र फ्रान्स भिड्ने « Image Khabar


नेसन्स लिगमा इटाली र स्पेन तथा बेल्जीयम र फ्रान्स भिड्ने


Imagekhabar
१९ मंसिर २०७७, शुक्रबार ०७:२५

काठमाडौं । युरोपियन नेसन्स लिग फुटबल प्रतियोगिताको सेमिफाइनल खेल तालिका सार्वजनिक भएको छ । युरोपियन फुटबलको सर्वोच्च निकाय यूएफाले हिजो अन्तिम चरणको ‘ड्र’ सार्वजनिक गरेको हो ।

जसअनुसार प्रतियोगिताको पहिलो सेमिफाइनलमा इटाली र स्पेन भिड्ने छन् । यो खेल इटालीको मिलानमा अर्को वर्ष ६ मा हुनेछ । यसैगरी दोस्रो सेमिफाइनलमा बेल्जियम र फ्रान्स आमने सामने हुनेछन् ।

यो खेल अक्टोबर ७ मा इटालीको टुरिनमा हुनेछ । फाइनल खेल अक्टोबर १० मा मिलानमा हुने युएफाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्