साना समस्यामा अल्झिए विकास हुन सक्दैन् : मन्त्री नेम्वाङ « Image Khabar


साना समस्यामा अल्झिए विकास हुन सक्दैन् : मन्त्री नेम्वाङ


Imagekhabar
१८ मंसिर २०७७, बिहीबार १९:४७

काठमाडौं, मंसिर १८ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री वसन्तकुमार नेम्वाङले ठूला र महत्वपूर्ण आयोजनामा साना समस्यालाई नहेरी काम गर्न मातहतका निकायलाई निर्देशन दिनुभएको छ ।

बिहीबार मन्त्रालयमा भएको प्रथम चौमासिक प्रगति समिक्षा तथा विकास समस्या समाधान समितिको बैठकमा मन्त्री नेम्वाङले साना समस्यामा अल्झिएर बसे विकास निर्माण नै हुन नसक्ने बताउनुभयो ।

आयोजना क्षेत्र तथा प्रभावित क्षेत्रमा देखिने सबै समस्या सल्टाएर निर्माण थाल्ने हो भने कम्तिमा आठ वर्ष पछि आयोजना बन्ने भन्दै साना समस्यामा नअल्झन मातहतका निकायहरुलाई निर्देशन दिनुभयो ।

भौतिक पूर्वाधार मुलुकको आर्थिक विकाससँग प्रत्यक्ष जोडिएको उल्लेख गर्दै यस क्षेत्रमा ठूलो बजेट हुनु र खर्चको अपेक्षा गरिनु पनि स्वभाविक भएको बताउनुभयो ।

समिक्षा बैठकमा आयोजना प्रमुखहरुले स्थानीय स्तरमा प्रभावित क्षेत्रका जनता र उपभोक्तालाई समितिहरुले विभिन्न मागहरु राखि काम गर्न असहज बनाएको गुनासो गरेका थिए ।

सरकारले अनुुकुल वातावारण भएका राष्ट्रिय गौरवका आयोजना तथा प्राथमिकता प्राप्त आयोजनामा पनि उल्लेख्य प्रगति गर्न नसकेको आलोचना खेप्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्