Logo ७ आश्विन २०८३, बुधबार | Wed Sep 23 2026


नापतौल सम्बन्धी व्यवहार, भाषा र शब्दलाई संरक्षण गर्नुपर्ने : समिति


0
Shares

काठमाडौं, मंसिर १८ । सांसदहरुले नेपालभित्र परम्परादेखि चल्दै आएको नापतौल सम्बन्धीको व्यवहार, भाषा र शब्दलाई संरक्षण गरेर जानुपर्नेमा जोड दिएका छन् ।

राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समितिमा नापतौल ऐन २०२५ लाई संशोधन गर्न बनेको विधेयको दफावार छलफलमा सहभागि भएका सांसदहरुले नेपाल भित्र प्रचलनमा रहेका नापतौल सम्बन्धी भाषा, इकाईलाई संरक्षण गर्नुपर्ने बताएका हुन् ।

समिति सभापति पर्शुराम मेघी गुरुङ्ले धेरै वर्षपछि अध्ययन अनुसन्धान हुँदा नेपालमा प्रचलनमा रहेको नापतौल सम्बन्धी इकाई र भाषाले देशको तत्कालिन अवस्था देखाउने हुँदा संरक्षण गर्नुपर्ने बताउनुभयो ।

यस्तै सांसद बेदुराम भुसालले नापतौल इकाइका अंग्रेजी शब्दको सट्टा नेपाली शब्द प्रयोगमा ल्याउनुपर्ने बताउनुभयो ।

सांसद ठगेन्द्रप्रकाश पुरीले नापतौल जनाउने अंग्रेजी शब्दको नेपाली भए नेपाली र अंग्रेजी मात्र भए नेपालीमा बुझिने गरी पारिभाषा दिएर स्पष्ट पार्नुपर्ने बताउनुभयो ।

सरकारले नापतौलको इकाइलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन मिटर, किलोग्राम, सेकेण्ड, एम्पियार, केल्भीन, क्याण्डेला र मोल जस्ता शब्दलाई प्रयोगमा ल्याउन ऐन संशोधन गर्न लागेको छ ।

Skip This