
प्रदीप पौडेल (इमेज)
पोखरा, साउन १८ । १७औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगिताबाट डेढ लाख रुपैयाँ बचत भएको छ ।
सहारा क्लबले गएको वर्षको फागुन ९ देखि १८ गतेसम्म पोखरा रंगशालामा आयोजना गरेको प्रतियोगितामा कुल ७० लाख ७८ हजार ८८६ रुपैयाँ आम्दानी भएको थियो ।
त्यसमा खर्च कटाइ डेढ लाख बचत भएको शनिबार आय–व्यय सार्वजनिक कार्यक्रममा कोषाध्यक्ष राजु लालचनले जानकारी दिए ।
क्लब अध्यक्ष केशवबहादुर थापाले क्लबले विषम परिस्थितिका बाबजुद् पनि प्रतियोगितालाई निरन्तरता दिइ डेढ लाख बचत गर्नु ठूलो उपलब्धि भएको बताए ।
क्लबले पोखरा महानगरपालिका–१७, दोबिल्लामा सहारा एकेडेमी सन्चालन गर्दै आएको छ ।
फुटबल प्रतियोगिताबाट बचत रकम क्लबले एकेडेमीमा खर्च गर्दै आएको छ । एकेडेमीमा हाल २८ जना बालक छन् ।
प्रतियोगिताको मुख्य प्रायोजन आहा ! रारा चाउचाउले गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्