सौराहमा आन्तरिक पर्यटकको चहलपहल सुरु, गुलावकली मख्ख « Image Khabar


सौराहमा आन्तरिक पर्यटकको चहलपहल सुरु, गुलावकली मख्ख


डोलराज रानाभाट
१६ मंसिर २०७७, मंगलवार १२:१८

चितवन । कोरोना संक्रमणको त्रासले लामो समयदेखि सुनसान रहेको सौराहामा चहलपहल बढ्न थालेको छ ।

सरकारले पयर्टन क्षेत्र खोल्ने अनुमति दिएपनि संक्रमणको डरले घुम्न नगएका आन्तरिक पर्यटकहरुको चहलपहल बढ्न थालेको हो ।

गुलावकली (हात्तीको नाम ) निकै मख्ख छे । देशकै तेस्रो पर्यटकी गन्तव्य सौराहामा कोरोनाको डरले आन्तरिक पर्यटक कम आइरहेका बेला उ खाली खाली नै थिइ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवसहित उहाँको परिवारलाई बन्यजन्तु देखाउँदै हिँड्न पाउँदा उ मख्ख देखिन्थी ।

अहिले रोजगारको अवसर गुमेको भन्दै पर्यटन क्षेत्रलाई कसरी विकास गरेर त्यहाँबाट रोजगारी सृजना गर्न सकिन्छ भन्ने अध्ययन गर्न पनि आफू सचिवालय सहित सौराहा आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले बताउनुभएको छ ।

पर्यटकको आगमनमा कमी हुँदै गएपछि सौहामा हात्तीको कमी भइरहेको छ । भएका हात्तिलाई पनि पाल्न कठिन भएको अवस्थामा आन्तरिक पर्यटक आउन थालेपछि होटल व्यवसायि उत्साहित भएका छन् ।

सावधानी अपनाएर घुम्दा संक्रमणको जोखिम कम हुने भन्दै आन्तरिक पर्यटकहरु सौराह पुग्न थालेका छन् ।

मन्त्रीको आगमनले घुम्नका लागि सौराहा सुरक्षित रहेछ भन्ने सन्देश जनतामा जान्छ भन्ने कुरामा आफू ढुक्क भएको छ ।

युनाइटेड हात्ती सञ्चालन सहकारीका अध्यक्ष ऋषि तिवारी बताउनुहुन्छ । सौराहमा अपनाइएको स्वास्थ्य सुरक्षा मापदण्डले कोरोना फ्रि जोन जस्तै महसुस भएको एनआरएनका पूर्व महासचिव रत्न झाको भनाइ रहेको छ ।

अर्का पर्यटन व्यवसायी ध्रुव खनालले सरकारले हप्तामा २ दिन विदाको अवधारणा ल्याएर आन्तरिक पर्यटक बढाउन माग गर्नुभयो ।

त्यसो गर्न सकिए थला परेको पर्यटन क्षेत्र चाँडै तङ्ग्रीने उहाँको भनाइ छ । सौराहाका सबै होटल व्यवसायहरु खुलिसकेका छन् ।

आन्तरिक पर्यटकको आवागमन पनि सुधार आइरहेको छ । व्यावसायीहरुले केही नयाँ कार्यक्रम तथा नीतिगत समस्या समाधानको सरकारसँग माग गरेका छन् ।

देशको कुल ग्राहस्थ उत्पादनमा राम्रै हिस्साको योगदान दिने पर्यटन क्षेत्रलाई अघि बढाउन व्यवसायीहरुको माग सरकारले सम्बोधन गरिनुपर्छ ।

विदेशी पर्यटकमा निर्भर नेपालको पर्यटन क्षेत्र अब आन्तरिक पर्यटकले नै धान्छ भन्ने सन्देश दिन सरकार चुक्न नहुने व्यवसायीहरु बताउँछन् ।

रोजगार विहीन नेपालीलाई पनि यसमा जोड्न सके बिदेश पलायन हुनबाट युवा शक्तिलाई जोगाउन सहज हुने थियो की ? (भिडियो)

प्रतिक्रिया दिनुहोस्