Logo २६ असार २०८३, शुक्रबार | Fri Jul 10 2026


चन्द समूहका दुई कार्यकर्ता पक्राउ


0
Shares

दमौली, साउन १८ । नेत्रविक्रम चन्द समूहका दुईजना कार्यकर्तालाई जिल्ला प्रहरी कार्यालयल तनहुँले शुक्रबार राति पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा तनहुँको आँबुखैरेनी गाउँपालिका–३ का ४६ वर्षीय गणेश थापा क्षेत्री र घिरिङ गाउँपालिका–२ का ३६ वर्षीय धनबहादुर राना छन् ।

उनीहरुलाई आ–आफ्नै घरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक विनोद सिलवालले जानकारी दिए । रासस